१ कार्तिक २०८३, आइतबार

एक सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कति ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ बैशाख । सोमबार सुनको मुल्य तोलामा १ सय रुपैयाँ घटेको छ । आइतबार ५९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार ५९ हजार २०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, तेजावी सुन सोमबार ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनमा पनि केही घटेको हो ।

यता, चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य यथावत रहेको छ ।