५ कार्तिक २०८३, बिहिबार

दुई हजार बोतल च्याउको बीउ उत्पादन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

कञ्चनपुर, ३१ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ ।

प्रयोगशालालाई बीउ उत्पादनका लागि दुई हजार बोतलको लक्ष्य दिइएको भए पनि बढ्दो मागका कारण लक्ष्यभन्दा बढी बीउ उत्पादन गरेको हो ।

उत्पादित गुणस्तरीय बीउ रु २५ प्रतिबोतलका दरले बिक्री गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताए ।

‘च्याउको बीउको माग अधिक छ’, उनले भने, ‘कार्यालयको बजेटले धान्दैन ।’ चालू आवमा च्याउको बीउ उत्पादनका लागि रु एक लाख २० हजार बजेट विनियोजन गरिएको थियो । बीउ उत्पादनका लागि विनियोजन गरेको बजेट केमिकल, कल्चर गर्ने कार्य, गहुँको बीउ खरिद गर्नेलगायतमा खर्च हुने गरेको छ ।

उत्पादित च्याउको बीउ प्रदेश नं ७ को पहाडी जिल्लासहित तराईका कैलाली कञ्चनपुरमा खपत हुने गरेको छ । प्रयोगशालाले उत्पादन गरेको बीउको प्रयोग गरी मौसमी र बेमौसमी रुपमा व्यावसायिक खेती गर्ने किसानको संख्या बढ्दो छ ।

गत आवमा प्रयोगशालाले दुई हजार बोतल च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिइएकोमा चार हजार २४२ बोतल च्याउको बीउ उत्पादन गरेको थियो । – रासस