
काठमाडौं, ३० बैशाख । हास्य अभिनेता सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र पूर्व मिस नेपाल माल्भिका सुब्बाले ललितपुरको मानभवनमा आईतबार अन्तराष्ट्रिय स्तरको डिभा बुटिक (जेडी कलेक्सन्) सँयुक्त उद्घाटन गरेका छन् ।
कार्यक्रममा डिभा बुटिकका तर्फबाट धुर्मुस सुन्तली फाउन्डेसनका लागि अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरियो ।
कार्यक्रममा बोल्दै कट्टेलले अन्तर्राष्ट्रिय गुणस्तरका डिजाईन र पहिरन एकै थलोमा उपयुक्त मूल्यमा पाउँदा फेशन पारखीका लागि डिभा फेशन हबको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । डेढ वर्षभित्र अन्तर्राष्ट्रिय खेल मैदान निर्माण सम्पन्न गर्ने बताउँदै यस्तै सहयोगले आफूहरुलाई काम गर्न प्रेरणा मिलेको उनले बताए ।
व्यबसायसँगै सामाजिक कार्यमा पनि सहयोग पुर्याउन थालेको डिभाले आउँदा दिनमा पनि यस्तो सामाजिक कार्य गर्दै जाने कुञ्जना घिमिरे सुन्तलीले विश्वास उनले व्यक्त गरिन् ।
बिगत एक दशक देखि फेशन डिजाईनमा सक्रिय जेनी श्रेष्ठ र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले डिभा बुटिक सुरु गरेका हुन् । जेनीको यो दोस्रो बुटिक हो ।















प्रतिक्रिया