
काठमाडौँ, ३० बैशाख । बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य हजुरबुवा बनेका छन् ।
शनिबार बेलुका हरिवंशले आफ्नो आधिकारिक फेसबुक पेजमा नातीको फोटो राखेर आफू हजुर बुवा भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘म हजुरबुवा भएको छु । मेरो जेठो छोरा त्रिलोक र बुहारी जोएको पहिलो सन्तान भएको छ । नातीको पहिलो तस्बिर ।’
https://www.facebook.com/hari.bamsha.acharya/posts/10156361290933695
लामो समयदेखि अमेरिका बस्दै आएका त्रिलोकले अमेरिकी प्रेमिका जोए लेवस्किसँग २०७३ को असारमा नेपाली परम्परा अनुसार विवाह गरेका थिए ।
विवाहका लागि हरिवंश, पत्नी रमिला र कान्छा छोरा मोहितसहित अमेरिका पुगेका थिए । त्रिलोक हरिवंश र उनकी स्वर्गीय पत्नी मिरा आचार्यका जेठो छोरा हुन् ।















प्रतिक्रिया