५ कार्तिक २०८३, बिहिबार

महिन्द्रा टु ह्वीलर अब जनकपुरमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जनकपुर, ३१ बैशाख । अग्नि मोटो इन्कले महिन्द्रा टु ह्वीलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यसहित जनकपुरमा आधिकारिक शोरुमको समुद्घाटन गरेको छ । शोरुमको शुक्रबारबाट शुरु गरिएको छ ।

जनकपुरस्थित महागणपति अटो सेल्स् शोरुमको प्रदेश नं.२ का सांसद राम आशिष यादवले उद्घाटन गरे । शोरुम शुभारम्को अवसरमा नगद छुटको व्यवस्था मिलाइएको छ ।

रु १० हजार ३७५ देखि रु २० हजार ७५०० सम्मको छुट प्राप्त गर्न सकिने यस अवसरलाई महारम्भको नामबाट अगाडि सारिएको छ । शोरुमको शुभारम्भसँगै महाछुट प्राप्त हुने जनाइएको छ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने छ ।

कम्पनी केवल विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको जनाएको छ । चाहिएको बेला सर्वसुलभ तरिकाबाट बाइक तथा स्कुटर खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकरुलाई स्पेयर पार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु सेन्टरको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।

साथै शोरुमको स्थापनासँगै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो हुने कम्पनीले विश्वास लिएको छ ।