४ कार्तिक २०८३, बुधबार

संगीतकार हिमेशले भित्र्याए दोस्रो पत्नी

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड गायक एवम् संगीतकार हिमेश रेशमियाले सोनिया कपूरसँग दोस्रो विवाह गरेका छन् ।

रेशमियाले शुक्रबार राति लोखन्डवालस्थित अपार्टमेन्टको छतमा विवाह गरेका हुन् । दोस्रो पत्नी सोनिया कपूर टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् ।

विवाह गुजराजी रीति–रिवाज अनुसार भएको थियो । विवाहमा दुवैका परिवारका सदस्य उपस्थित थिए ।

सोनियाकै कारण हिमेश र उनको पहिलो पत्नी कोमलसँग सम्बन्ध विच्छेद भएको थियो । पहिलो पत्नी कोमल र हिमेशको विवाह सन् १९९६ भएको थियो । उनीहरूको सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो । हिमेश र कोमलका एक छोरा छन् । – एजेन्सी