४ कार्तिक २०८३, बुधबार

मिडियालाई ‘बेबकुफ’ बनाउने जोडी हनिमुनमा मस्त

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चार बर्षसम्म प्रेम सम्बन्धमा रहेर हालै विवाह बन्धनमा बाँधिएका बलिउड कलाकार मिलिंद सोमन २५ वर्ष कान्छी पत्नीका कारण चर्चामा छन् ।

अंकिता कंवरसँग उनको विहे एक महिना अघि भएको थियो । अहिले यो जोडी हनिमुन ट्रिपमा हवाईको समुद्री किनारमा पुगेको छ । जोडीको हनिमुनको तस्बिर सोसियल मिडियामा भाइरल हुन थालेको छ । यो जोडी मस्ती गरिरहेका तस्बिर अगाडी आएका छन् ।

विहेअघि यो प्रेमजोडीको सम्बन्ध राम्रो नभएको चर्चा चलेको थियो । तर दुवैले एकआपसमा डेटिङ गरेको तस्बिर सार्वजनिक गरेर मिडियालाई नै बेवकुफ बनाइ दिएका थिए । त्यसको केही समयमा विहे नै गरिदिए । –एजेन्सी