२२ कार्तिक २०८३, आइतबार

राजधानी र नामाकरण सहमतिमा निर्धारण हुन्छ : मुख्यमन्त्री शेरधन राई

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २९ वैशाख । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण गरिने बताउनुभएको छ ।

गाईघाटमा प्रेस सेन्टर नेपाल तथा प्रेस चौतारी नेपाल, उदयपुरले शनिबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेनमा मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेश सरकारले आगामी जेठ १५ सम्म प्रदेशको राजधानी कहाँ राख्ने र नाम के राख्ने भन्ने कुरा सहमतिबाट नै टुंगो लगाउनेछ ।”

प्रदेशको नाम र राजधानीबारे सहमतिका लागि सबै पक्षसँग वार्ता र छलफल भइरहेको उहाँको भनाइ थियो । प्रदेश सरकारले धेरै काम गरेर अगाडि बढाइरहेको बताउँदै उहाँले अहिलेसम्म प्रदेशसभाले ११ वटा कानुन बनाइसकेको स्पष्ट पार्नुभयो ।

प्रदेश नं. १ प्राकृतिक स्रोत र साधन भएको प्रदेश भएकाले यी स्रोत र साधन प्रचुर मात्रामा प्रयोग गर्ने तयारीका लागि गृहकार्य थालेको मुख्यमन्त्री राईले बताउनुभयो । –रासस