२२ कार्तिक २०८३, आइतबार

मुक्तिनाथमा नेपाली मिडियालाई ‘नो इन्ट्रि’, मुख्यमन्त्रीले जनाए असन्तुष्टि

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ बैशाख । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली संचारमाध्यममाथि रोक लगाइएको छ । त्यहाँबाट भारतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

यस विषयमा प्रदेश नम्बर चारका मुख्यमुन्त्री पृथ्वीसुव्वा गुरुङले असन्तुष्टि जनाएका छन् । गुरुङले भारतीय सञ्चार माध्यमले निषेधित क्षेत्रबाट प्रत्यक्ष प्रशारण गरेकोमा पनि असन्तुष्टि जनाएका छन् ।

उनले नेपाली सञ्चार माध्यम र भारतीय सञ्चार माध्यमबीच विभेद् गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपालकै भूमिका नेपाली संञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाउनु समग्र नेपालीप्रतिको अपमान भएको मुख्यन्त्री गुरुङको टिप्पणी छ ।