काठमाडौं । सर्वनाम थिएटरले आयोजना गरेको ३ मिनेट मोबाईल फिल्म प्रतियोगिता ‘दृश्यांश’को पहिलो विजेताको पुरस्कार अनुज पाण्डेले निर्देशन गरेको लघुचलचित्र ‘रात १३’ले हासिल गरेको छ । दोस्रो स्थानमा अर्पण बस्नेतको ‘ढलपल’ र तेस्रो स्थान विजय गजमेरद्वारा निर्देशित ‘द ईन्टरभ्यु’ले प्राप्त गरेको छ ।
त्यसैगरी पब्लिक च्वाईस अवार्ड लघुचलचित्र अमृतले प्राप्त गरेको छ । शर्मिला आलेद्वारा निर्देशित ‘स्माईल’ले बेष्ट मेन्सन प्राप्त गरेको छ ।
टपटेनमा पर्न सफल नवीन न्यौपानेको ‘द डिपार्चर’, सुन्दर लामाको ‘कथा : एन् इन्टीमेसी वीथ टाईम’, नव श्रेष्ठको ‘ए कता’, खुश्बु शर्माको ‘वुमरी’, असीम को ‘ड्रीम अफ हाउस वाईफ’, अर्जुन न्यौपानेको ‘महिला कर्मचारी तुः आवश्यकता’ पनि प्रदर्शन गरिएको थियो ।
पहिलो हुनेलाई रु ७५००० नगदपुरस्कार, दोस्रो हुनेलाई स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कारका रुपमा टचकन ट्याव वितरण गरिएको थियो ।
अडियन्स च्वाइस अवार्डमा ९.७ इन्चको आइप्याड वितरण गरिएको थियो । अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सर्वनामद्धारा निःशुल्क तीन महिने नाट्य कार्यशालाको व्यवस्था पनि गरिएको छ ।















प्रतिक्रिया