५ कार्तिक २०८३, बिहिबार

आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबिच नगदरहित सेवाको सम्झौता

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ बैशाख । स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रालि बिच आफ्ना ग्राहकहरुलाई नगदरहित औषधोपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म ब्लु क्रस अस्पताल प्रालिबाट नगदरहित औषधोपचार सेवा उपलब्ध हुने बताइएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालका तर्फबाट सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरका थिए ।