४ कार्तिक २०८३, बुधबार

३१ लागिन् ज्योति मगर, भन्छिन्– विहे गर्ने, बच्चा पाउने सोच छ

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बोल्ड अवतार र प्रस्तुतीका कारण चर्चामा रहने गरेकी लोक गायिका ज्योती मगर ३१ वर्ष लागेकी छन् ।

स्टेज प्रस्तुतीका कारण कहिलेकाहीँ विवादमा पनि आउने गरेकी ज्योति यसै कारण पनि चर्चामा हुने गरेकी छन् ।

२०४५ सालमा २८ वैशाखमा जन्मिएकी ज्योतिले विहे गर्ने सोच पनि बनाएकी छन् । तर कहिले भन्ने यकिन नभए पनि ४० वर्षचाहीँ नकटाउने उनको सोच छ ।

उमेर एक वर्ष थपियो भन्दै उनले दैनिक नेपालसँग भनिन्,‘विहे गर्ने पनि सोच छ, बच्चा पाउने पनि सोच छ । तर, कहिले ? त्यो चाहीँ थाहा छैन । ४० कट्दैन ।’