काठमाडौँ, २८ बैशाख । शुक्रबार सुनको मुल्य तोलामा १ सय रुपैयाँ बढेको छ । बिहीबार ५९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५९ हजार २०० रुपैयाँ पुगेको छ । बुधबार ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन आइतबार ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनमा पनि केही बृद्धि भएको हो ।
यता, चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ बढेको छ ।















प्रतिक्रिया