१३ कार्तिक २०८३, शुक्रबार

सहकारी संस्थाद्वारा हाइटेन्सनबाटै विद्युत् चोरी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २८ वैशाख । धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी ग्रामीण विद्युतीकरण सहकारी संस्थाले ११ हजार भोल्टेजबाटै विद्युत् चोरी भेटिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय चुहावट नियन्त्रण महाशाखाको टोलीले निरीक्षण गर्नेक्रममा समुदायिक विद्युतीकरणका लागि राखिएको ट्रान्सफर्मरभन्दा अघिको मुख्य वितरण लाइनबाटै प्रत्यक्ष हुकिङ गरी चोरी गरेको भेटिएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी ग्रामीण विद्युतीकरण सहकारी संस्थाले ११ हजार भोल्टेजबाटै विद्युत् चोरी भेटिएको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय चुहावट नियन्त्रण महाशाखाको टोलीले निरीक्षण गर्नेक्रममा समुदायिक विद्युतीकरणका लागि राखिएको ट्रान्सफर्मरभन्दा अघिको मुख्य वितरण लाइनबाटै प्रत्यक्ष हुकिङ गरी चोरी गरेको भेटिएको हो ।

सामुदायिक संस्थाले हाइटेन्सन लाइनबाटै विद्युत् चोरी गरी २५ केभीको ट्रान्सफर्मर राखेर विद्युत् चोरी गरेको पाइएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

“हाइटेन्सन लाइनबाटै धादिङको मैदी सामुदायिक विद्युतीकरणले विद्युत् चोरी गरेको भेटिएको छ,” उनले भने, “सामुदायिक विद्युतीकरणले यसरी आफै विद्युत् चोरीमा संलग्न हुनु गम्भीर कुरा हो, यसले विद्युत् प्राधिकरणलाई पनि डुबाउँछ र सामुदायिक विद्युतीकरण गर्ने संस्था पनि बद्नाथ हुन्छन् ।”

सामुदायिक विद्युतीकरण संस्थाले टालो हटिया खानेपानी योजनाका लागि हाइटेन्सनबाट डारेक्ट हुकिङ गरेको थियो । २५ केभीको ट्रान्सफर्मर राखेर चोरी गरिएको सो स्थानमा मिटर भने विद्युत् प्राधिकरणकै राखिएको थियो ।

केही मिटर सामुदायिक विद्युतीकरण संस्थाले लगे पनि प्राधिकरणकै मिटर जडान गरिएको भेटिएपछि सामुदायिक संस्थाले चोरीका लागि मिटर दिएर दुरूपयोग गरेको समेत पाइएको प्राधिकरणले जनाएको छ ।

दुई वर्षदेखि ११ हजार भोल्टेजको मुख्य लाइनबाटै प्रत्यक्ष हुकिङ गरी विद्युत् चोरी गरेको निरीक्षणको भेटिएको र यसबाट १ लाख ७८ हजार बराबरको विद्युत् चोरी गरेको पाइएको चुहावट नियन्त्रण महाशाखाले जनाएको छ ।