३ कार्तिक २०८३, मंगलबार

नेपाली क्रिकेट खेलाडी सन्दीपको यस्तो बिजोग ! खेल्नै नपाइ बाहिरियो टिम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २८ वैशाख । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराउदै हैदरावादले प्ले अफमा स्थान पक्का गरेको हो ।

दिल्लीस्थित फिरोज साह कोट्ला स्टेडियममा दिल्लीले दिएको १८८ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । योसँगै शीर्ष स्थानको हैदरावादले लिगमा ९ जितसहित प्ले अफमा स्थान पक्का गरेको छ । ११ खेलमा मात्र २ खेल गुमाएको हैदरावादले १८ अंक जोडेको छ ।

यता, नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको दिल्ली भने यो सिजन आईपीएलबाट बाहिरिने पहिलो टोली बनेको छ । युवा ले स्पिनर सन्दीप आईपीएल टोलीमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । तर, ११ खेलको समाप्तिसम्म पनि सन्दीपले मैदान उत्रन पाएका छैनन् ।

प्ले अफमा पुग्न हैदरावादलाई जित्नै पर्ने खेलमा ९ विकेटले पराजित भएसंगै दिल्ली प्रतियोगिताबाट बाहिरिएको हो । लिगको पुछारमा रहेको दिल्लीले मात्र ६ अंक जोडेको छ । दिल्लीले ११ खेलमा ८ हार र ३ जित निकालेको छ ।

दिल्लीले टोलीले दिएको उच्च योगफल सहजै पुरा गर्न हैदरावादका शिखर धवन र कप्तान केन विलियमसन नायक बने । धवनले अविजित ९२ तथा विलियमसनले अविजित ८३ रनको योगदान दिए । हैदरावादका एलेक्स हालेस १४ रनमा पेवेलियन फर्किए । दिल्लीका हर्साल पटेलले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८७ रन जोडेको थियो । दिल्लीका लागि रिशाव पन्तले अविजित १२८ रनको शतकीय पारी खेलेका थिए । विस्फोटक ब्याटिङ गरेका पन्तले ६३ बलमा १५ चौका ७ छक्का प्रहार गरे ।

दिल्लीका हर्साल पटेलले २४ तथा जासन रोयले ११ रन जोडे । हैदरावादका शाकिब अल हसनले दुई तथा भुवनेश्वर कुमारले एक विकेट लिए । – एजेन्सी