३ कार्तिक २०८३, मंगलबार

कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ बैशाख । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा काठमाडौँबाट पक्राउ परेका छन् । काशीनाथ तिवारी हत्यामा सम्लग्न मेयर कुशवाहालाई अदालतको फैसला कार्यान्वयको लागि पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

कुशवाहले एमाओवादीबाट कटहरियाको मेयरको चुनाव जितेका थिए । हिन्दु युवासंघ विरगञ्जका तत्कालिन अध्यक्ष तिवारीको २०६७ असार १२ गते विरगञ्जको मसानघाट भन्ने स्थानमा हत्या भएको थियो । तिवारीको हत्याकाण्डमा दोषी ठहर गर्दै कुशवाहालाई उच्च अदालत जनकपुरले २०७४ फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो ।