
काठमाडौं । भारतको पञ्जाबस्थित होसियारपुर प्रहरीले ठगीको अभियोगमा अभिनेत्री सुरविन चावला र उनका पतिलाई सोधपुछ गरेको छ ।
हिन्दि र पञ्जावी फिल्मकी यी हट अभिनेत्री दम्पत्तीविरुद्ध भारा ४२० अनुसार ठगीको उजुरी परेको थियो ।
सुरविनले यसलाई झुठो आरोप भनेकी छन् । बयान नलिई उजुरीका आधारमा छानविन गलत भएको उनले बताएकी छन् ।
सुरविनसहित तीन जना मिलेर फिल्म निल बट्टे सन्नाटाका लागि होसियारपुरका एकजना निर्माता सतपाल गुप्तासँग ४० लाख लिएको आरोप छ ।
तीन दिनमा पैसा फिर्ता दिन मनाही गरेपछि उजुरी परेको थियो । –एजेन्सी
















प्रतिक्रिया