३ कार्तिक २०८३, मंगलबार

दमक गोल्डकपको उपाधिका लागि मनाङ र पुलिस भिड्ने

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाको दमकमा भइरहेको गोल्डकपको अन्तिम सेमिफाइनल खेलको म्यान अफ दि म्याच मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर विशाल श्रेष्ठलाई प्रदान गरिँदै । तस्बिरः यज्ञराज आङदेम्बे/रासस

दमक, २६ वैशाख । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस भिड्ने भएका छन् । बुधबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेपछि फाइनलको यात्रा पक्का गरेको हो ।

खेलको ३० औँ मिनेटमा पहिलो गोल आर्मीका लागि टंक बस्नेतले गेरे पनि ४७ औं मिनेटमा मनाङका दीपक राईले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए । त्यपछि खेलमा दुवैपक्षबाट गोल हुन सकेन र खेल निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरे भने आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेका थिए । पेनाल्टीमा आर्मीका दीपक गुरुङले गोल गर्न सकेनन् ।

उपाधि भिडन्त आउँदो शुक्रबार हुँदैछ । यसअघि मंगलबार पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरीलाई हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको थियो । गोल्डकपको विजेताले रु रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख ११ हजार प्राप्त गर्नेछ । –रासस