३० आश्विन २०८३, शुक्रबार

सेनाले गरेको कारबाहीमा तालिबान जिल्ला गभर्नरसहित छको मृत्यु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानिस्तान, २६ वैशाख । अफगानिस्तानको उत्तरी प्रान्त फर्‍याबमा आतङ्ककारीविरुद्व गरिएको कारबाहीको क्रममा तालिवान जिल्ला गर्भनरसहित कम्तीमा ६ जना मारिएका छन् ।

सैनिक स्रोतले बुधबार दिएको जानकारी अनुसार फर्याब प्रान्तअन्तर्गत पर्ने पासतुनकोट जिल्लाको याका टोट गाउँमा तालिबान लडाकू लुकेर बसेको स्थानलाई लक्षित गरी अफगान सेनाको विशेष बलले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका हुन् ।

कारबाहीका क्रममा तालिबानका जिल्ला गभर्नर मुल्ललाह हिज्बुल्लाहसहित ६ जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रान्तीय राजधानी मैमानाबाट दक्षिणतर्फ रहेको स्थानमा भएको कारबाहीका क्रममा सुरक्षाबलतर्फ पनि घाइते भएका जनाइएको छ । अफगान सरकारसँग युद्ध गर्दै आएका तालिबान समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –रासस/सिन्ह्वा