
काठमाडौं, २६ बैशाख । नेपालको लागि महिन्द्रा टु ह्वीलरहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले आफ्नो आधिकारिक सर्भिस नेटवर्क काठमाडौंको मित्रपार्कमा विस्तार गरेको छ ।
सिंह अटो प्रा. लि.का रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरद्धारा मित्रपार्क, चावहिललगायत आसपासका सम्पूर्ण ग्राहकले सरल तथा सुविधा लिन सक्ने छन् । साथै सम्पूर्ण महिन्द्रा टु ह्वीलरहरुका स्कुटर तथा बाईकको गुणस्तरीय सेवा तथा जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुनेछ ।
कम्पनीले केवल सवारी विक्री गर्न तर्फ मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको जनाएको छ ।
नयाँ आधिकारिक सर्भिस सेन्टरको स्थापनासँगै चाहिएको वेला सर्वसुलभ तरिकाबाट सर्भिसिङ्ग तथा समयमै ग्राहकरुलाई स्पेयर पार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिने उद्देश्य राखिएको छ । साथै, सर्भिस सेन्टरको स्थापनासँगै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास पनि लिइएको छ ।















प्रतिक्रिया