लण्डन, २६ वैशाख । साउथह्याम्पटन रेलिगेशनबाट जोडिने लगभग पक्का भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशनबाट जोगिन संघर्षरत साउथह्याम्पटनले लिग अन्तर्गत मंगलबार राति भएको खेलमा स्वान्सी सिटीमाथि १–० को जित निकालेको हो ।
यो जितको अर्थ, साउथह्याम्पटन ओउँदो सिजन पनि शीर्ष लिग प्रिमियर लिगमा रहने सम्भावना बलियो छ ।
अवे मैदानमा भएको खेलमा पहिलो हाफमा साथह्याम्पटनले गोल गर्न सकेन र स्वान्सीले पनि । तर दोस्रो हाफमा साउथह्याम्पटनले आफ्ना लागि निकै महत्वपूर्ण गोल गर्यो ।
७२ औँ मिनेटमा मानोलो गाब्बिएडिनीले सुन्दर गोल गर्दै टिमलाई रेलिगेशनको खतराबाट केही पर ल्याए । उनको गोलले साउथह्याम्पटन प्रिमियर लिगमै रहने लगभग निश्चित जस्तै भएको छ ।
१६ स्थानमा रहेको साउथह्याम्पटनको एक खेल बाँकी हुँदा ३६ अंक भएको छ र रेलिगेशन जोनमा रहेको स्वान्सीको ३३ अंक छ ।
अब स्वान्सीले सिजनको अन्तिम र महत्वपूर्ण खेलमा स्टोक सिटीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा स्वान्सीले १०–० को जित निकालेमा र साउथह्याम्पटन म्यानचेस्टर सिटीसँग पराजित भएमा मात्रै रेलिगेशनमा पर्ने सम्भावना रहन्छ । तर स्वान्सीले फराकिलो जित ननिकालेमा म्यान सिटीसँग पराजित भए पनि साउथह्याम्पटन शीर्ष लिगमै रहने छ ।
यस्तै १७ औँ स्थानमा रहेको हडर्ल्सफिल्डको पनि ३६ अंक नै छ र उसले बुधबार राति चेल्सीसँग खेल्दैछ । यो खेलमा एक अंक मात्रै जोड्न सके पनि उसले प्रिमियर लिगमा रहने बाटो बनाउने छ । – एजेन्सी















प्रतिक्रिया