१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्डका कुरा यसरी पुर्‍याइँदै

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । प्रचण्डले जे–जे भन्छन् त्यो मानेर एमालेले पार्टी एकता गर्ने भएको छ । पहिले पो संविधानमा केन्द्रीय समिति वा संसदीय दलको कम्तीमा ४० प्रतिशत लिएर दल फुटाउन सक्ने प्रावधान थियो । तर, अहिलेको संविधानबाट ‘वा’ हटाएर ‘र’ राखिएको छ ।

त्यसैले ४० प्रतिशत केन्द्रीय सदस्य वा सांसद लिएर पार्टी फोड्ने सुविधा तत्काल प्रचण्डलाई छैन । दुवैमा ४० प्रतिशत हुनै पर्ने बाध्यात्मक अवस्था छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

अहिले नै दुई पार्टीको संसदीय दलमा माओवादी प्रतिनिधित्वको हिसाब गर्ने हो भने २८ प्रतिशत मात्र छ । ४० प्रतिशत पुग्ने सम्भावना छैन ।

टोपबहादुर रायमाझी र प्रभु साह, नारायणकाजी श्रेष्ठहरूको समूहप्रति प्रचण्डलाई त्यसै पनि भरोसा छैन । यसैले पनि प्रचण्डले बाबुराम र उपेन्द्र यादवसँग वातौ गरेर एकीकृत पार्टीमा भरोसायोग्य समूह बनाउने कसरत गरेको बताइन्छ । पार्टी एकता भएपछि प्रचण्ड हाल रहेको २८ प्रतिशत पनि २० प्रतिशतमा झर्छ भने एमाले गणको विश्लेषण छ ।

हुन त बादलनिकट स्थायी समिति सदस्य महेश्वर दाहालहरू के भन्छन् भने चाहेका बेला फुट्न सक्ने अवस्था नभएसम्म पार्टी एकता हुने समभावना छैन । प्रचण्डले पार्टी फुटाउँदा एमालेका मान्छे चोर्नै पर्ने हुन्छ ।

कति सम्भावना छ त एमालेका मान्छेले प्रचण्डको भर परेर विद्रोह गर्ने ? जो–कोहीले भन्न सक्छन कि त्यस्तो सम्भावना शून्य छ । पार्टी फुटाउने मूल्यमा एमालेकाले त्यो गल्ती गर्दैनन् । विगतमा राप्रपादेखि स्वयं माले–एमाले फुटको दुर्दशा तिनले देखेका छन् ।