काठमाडौँ, २५ बैशाख । काठमाडौँ महानगरपालिका–३२ मा रहेको दीपनगरमा नवनिर्मित ब्याड्मिन्टन कोर्टको उद्घाटन भएको छ । नवनिर्मित कोर्टको मंगलबार एक कार्यक्रमका बीच ब्याडमिन्टन खेलाडी तथा समाजसेवी सुशील सुवेदीले उद्घाटन गरेका हुन् ।
सुवेदीले टोल र खेलकुदको विकासका लागि आफ्नो सधैँ साथ र सहयोग रहने बताए । खेलकुदको विकास मानव स्वास्थ्यसँग पनि जोडिएको भन्दै उनले स्वस्थ रहन पनि खेलकुद आवश्यक रहेको बताए ।
टोल सुधार समितिका पूर्व अध्यक्ष हंसराज वाग्लेले ब्यड्मिन्टन कोर्टले टोलमा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने बताए । भलिबलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका वाग्लेले खेलकुदका माध्यमबाट टोललाई देशभर चिनाउने र टोलको विकासमा सहयोग पुग्ने बताए ।
दीपनगर टोल सुधार समितिको पहल र खेलाडी तथा खेलप्रेमीको सहयोगमा निर्माण भएको उक्त कोर्टका लागि समाजसेवी सुशील सुवेदीले दश वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।
कार्यक्रममा टोलसुधार समितिका पूर्वअध्यक्ष प्रकाश आचार्य, सल्लाहकार नानीकाजी सिलवाल, सामाजिक युवा क्लवका अध्यक्ष सुशील सुवेदी, समाजसेवी सुन्दर श्रेष्ठ र टोल सुधार समितिका उपाध्यक्ष हिरालाल घिमिरे‘कुुमार’लगायतले मन्तव्य व्यक्त गरेका थिए ।















प्रतिक्रिया