३ कार्तिक २०८३, मंगलबार

श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्धा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ बैशाख । आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ ।

सोमबार काठमाडौंबाट पक्राउ परेका आचार्यलाई मोरङ प्रहरीले हातहतियार तथा खरखजनामा मुद्दा चलाउने तयारी गरेको छ । गोली काण्डमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ ।

चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।

चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई सोमबार पक्राउ गरिएको हो ।