३ कार्तिक २०८३, मंगलबार

यी हुन् भाग्यमानी एसएसपीहरू, डिआइजीमा बढुवा हुँदै (सूचीसहित)

13k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । नेपाल प्रहरीको बढुवा समितिले १६ जना एसएसपीलाई डिआइजीमा सिफारिस गरेको छ ।

समितिले १ नम्बरमा केदार रिजाललाई अगाडि बढाएको छ । दोस्रो नम्बरमा शेरबहादुर बस्नेत र तेस्रो नम्बरमा पिताम्बर अधिकारी रहेका छन् ।

बढुवा समितिको सिफारिसमा पर्नेहरूमा एसएसपी दीपकुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रविन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोख्रेल, महेशबिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानबहादुर बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी बढुवाका लागि सिफारिसमा परेका हुन् ।

समितिले एसएसपीहरूको नाम डिआइजीका लागि सोमबार सिफारिस गरेको हो ।