१ कार्तिक २०८३, आइतबार

लगातार उकालो लाग्दै सुनको भाउ, तोलाको कति पुग्यो ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ बैशाख । सोमबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । आइतबार ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार ५९ हजार रुपैयाँ पुगेको छ । शुक्रबार ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन आइतबार ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनमा पनि ३०० रुपैयाँले बृद्धि भएको हो ।

यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ बढेको छ ।