काठमाडौं, २४ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा जारी बैठकमा एमालेसँगको पार्टी एकतासहित समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठकमा आर्थिक वर्ष ०७५–०७६ को बजेटका बारेमा छलफल हुनेछ । समसामयिक राजनीतिका बारेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा संक्षिप्त जानकारी दिने उच्च स्रोतले जनाएको छ ।















प्रतिक्रिया