लण्डन, २४ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा चेल्सीले तेस्रो स्थानको लिभरपुललाई हराएको छ । दबाब भने चौथो स्थानको टोटनह्यामाथि परेको छ ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले लिभरपुललाई १–० ले हरायो । पाँचौँ स्थानको चेल्सीलाई यो जितले शीर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने आशको बाटो देखाएको छ ।
यसको अर्थ अहिले चौथो स्थानमा रहेको टोटनह्याममाथि दबाब बढेको छ । ३२ औँ मिनेटमा ओलिभर जिरउडले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।
जिरउडको गोलले आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने चेल्सीको सम्भावना बढायो । लिगका दुई खेल बाँकी हुँदा पाँचौँ स्थानको चेल्सीको ६९ अंक छ ।
चौथो स्थानको टोटनह्यामको ७१ अंक छ । उसले अबका दुवै खेलमा राम्रो गर्न सके मात्रै शीर्ष चारमा टिकी रहने छ । तेस्रो स्थानको लिभरपुलको भने एक खेल बाँकी हुँदा ७२ अंक रहेको छ । – एजेन्सी















प्रतिक्रिया