२२ कार्तिक २०८३, आइतबार

१० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा हाकिम पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २३ बैशाख । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पर्सा गाउँपालिका–५ बस्ने ४० वर्षीय हाकिम कारी भन्ने हाकिम बैठालाई प्रहरीले पक्राउ गरेको छ ।

बैठाले शनिबार राति सोही ठाउँ घर भएकी १० वर्षीया बालिकालाई घरदेखि २ सय मिटर टाढा पोखरीको डिलमा लगेर जवरजस्ती करणी गरेको भनी पीडित बालिकाको बाबुले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीले बैठालाई पक्राउ गरेको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचारको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।