
-मिना बुढाथोकी
सल्यान, २३ बैशाख । कक्षा कोठामा शैक्षिक सामाग्रीको प्रयोग बढाउन, प्रारम्भिक चरणको पढाई सिपमा विकास गर्न र विद्यालयमा आएर बालबालिकाले रटन्ते नभई प्रयोगात्मक तरिकाले खेल्दै र सिक्दै बानीको विकास गरुन भन्ने उदेश्यले यहाँका शिक्षकहरुले स्थानीय शैक्षिक सामाग्री निर्माण गरेका छन् ।
जिल्लाको कुमाख गाँउपालिका र दार्मा गाँउपालिकाका २३ विद्यालयका शिक्षक शिक्षिकाहरुले यसरी शैक्षिक सामाग्री निर्माण गरि विद्यालयमा पठनपाठन गराउने भएका छन् । शेभ द चिल्ड्रेन तथा दलित विकास समाज डिडिएस सल्यानको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तरगत सम्बन्धी दुई दिने शैक्षिक सामाग्री निर्माण सम्बन्धी तालिममा सहभागी शिक्षकहरुले आफैले शैक्षिक सामाग्री निर्माण गरेका हुन् ।
स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीबाट आफैले शैक्षिक सामाग्री निर्माण गर्न पाउँदा शिक्षकहरुमा अध्यापन गराउन जोश र जाँगर बढेको छ । तालिममा सहभागी दार्मा गाउँपालिकाको अन्धनासक आधारभूत विद्यालयकी शिक्षिका सावित्रा मल्लले यस तालिमले आफुलाई निकै फाईदा पु¥याएको बताइन् ।
विद्यालयमा पढाउन थालेको १० वर्ष भयो अहिले सम्म विषयगत किताबको कुरा मात्रै पढाउने गथ्र्यो उनले भनिन्, ‘तर अहिले आप्mनै हातले कक्षाकोठामा चाहिने धेरै शैक्षिक सामाग्री निर्माण गर्दा अब कक्षाकोठामा बालबालिकालाई पढाउन सहज हुने छ । र बालबालिकाले पनि सहजै ज्ञान हासिल गर्ने छन् ।’
यस्तै तालिममा सहभागी कुमाख गांँउपालिकाको महेन्द्र मावि जिमालीमा २६ वर्षदेखि अध्यापन गराई रहेका शिक्षक हेमराज केसीले पनि यो तालिमले आफूलाई पूर्ण रुपमा परिवर्तान गरेको बताए । यसरी निर्माण गरेका शैक्षिक सामाग्रीसहित कक्षाकोठामा प्रवेश गर्दा आफूलाई पढाउन पनि सजिलो हुने र बालबालिले पनि बुझ्न सजिलो हुने उनले बताए ।
नेपाल ससरकारले देशभरका विभिन्न जिल्लामा (ईजिआर) प्रारम्भिक चरणको सिकाई कार्यक्रम संचालन गर्दै आएपनि यस जिल्लामा भने शेभ द चिल्ड्रेन तथा दलित विकास समाज डिडिएस सल्यानले जिल्लाका ४५ विद्यालयमा यस प्रकारको कार्यक्रम संचालन गरेको छ ।












प्रतिक्रिया