काठमाडौँ, २३ बैशाख । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १०६.६८ रुपैयाँ र बिक्रिदर १०७.२८ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२७.६० रुपैयाँ र बिक्रिदर १२८.३२ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४४.६८ र बिक्रिदर १४५.४९ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८०.२० रुपैयाँ र बिक्रिदर ८०.६५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८२.८६ रुपैयाँ र बिक्रिदर ८३.३२ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५४.०८ रुपैयाँ र बिक्रिदर ३५६.०७ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.३० रुपैयाँ र बिक्रिदर २९.४७ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.०७ रुपैयाँ र बिक्रिदर २७.२३ रुपैयाँ रहेको छ ।
















प्रतिक्रिया