१ कार्तिक २०८३, आइतबार

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ बैशाख । आइतबार सुनको मुल्य तोलामा २ सय रुपैयाँ बढेको छ । शुक्रबार ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार ५८ हजार ७०० पुगेको छ ।

त्यस्तै, तेजावी सुन आइतबार ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनमा पनि २०० रुपैयाँ बृद्धि भएको हो ।

यता, चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ बढेको छ ।