२ कार्तिक २०८३, सोमबार

दिल्ली डेयरडेभिल्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २३ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफ पुग्ने सम्भावना दिल्ली डेयरडेभिल्सले लगभग समाप्त गरेको छ ।

शनिबार सनराइजर्स हैदराबादसँग ७ विकेटले पराजित भएसँगै दिल्ली प्लेअफमा पुग्ने गणितीय सम्भावना मात्र कायम भएको हो । दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य हैदराबादले अन्तिम बल बाँकी छँदा प्राप्त गर्‍यो ।

ओपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । उनीहरूले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे । हेल्सले ४५ रन जोडे भने धवनले ३३ रन बनाए ।

कप्तान केन विलियमसन र मनीष पाण्डेले टोलीलाई जिततर्फ डोर्‍याए । विलियमसनले नटआउट ३२ तथा मनीषले २१ रन जोडे । तेस्रो विकेटका लागि यी दुईले ४६ रनको साझेदारी गरेका थिए ।

युसुफ पठानले नटआउट २७ रन जोडेपछि हैदराबादको जित पक्का भएको थियो । दिल्लीका लागि अमित मिश्राले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । उसका लागि पृथ्वी सअले ६५ रन बनाए ।

३६ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान श्रेयस ऐयरले ४२ तथा विजय शंकरले २३ रन जोडेका थिए ।

ऋषभ पन्त शनिबार १४ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल २ ततानमन ओझा १ रनमा पेभेलियन फर्किए । हैदरावादका राशीद खानले २ तथा सिद्धार्थ कलले १ विकेट हात लिएका थिए ।

लिगको १० खेलमा ३ जित दर्ता गर्दै समूहको सातौ स्थानमा छ । उसलाई अब दिल्ली प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि कुर्नुपर्ने भएको छ‌ । यता एक खेल कम खेलेको सनराइजर्स भने प्लेअफ नजिक पुगेको छ । ९ खेलबाट १४ अंक भएको हैदारावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । – एजेन्सी