२२ कार्तिक २०८३, आइतबार

अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २२ वैशाख । राजविराज–कुनौली सडक खण्डमा अटो रिक्सा दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ ।

राजविराजबाट तिलाठी जाँदै गरेको स १ ह १८२२ नं को अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका ७० वर्षीय फुलो मिश्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अटोमा सवार भारतीय नागरिकसहित छजना घाइते भएका छन् ।

उनीहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । अटो चालक फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस