–मिना बुढाथोकी
सल्यान, २२ बैशाख । जिल्ला कृषि विकास कार्यालय सल्यानले कृषकहरुलाई मकैको बिउ वितरण गर्न सुरु गरेको छ । हाल सम्म १३ टन मकैको बिउ वितरण गरिसकिएको कार्यलयले जनाएको छ ।
बर्षायामको सुरुवात सँगै किसानहरुलाई मकैको बिउ वितरण गर्न सुरु गरिएको जिल्ला कृषि विकास कार्यालयलय सल्यानका बरिष्ठ कृषि विकास अधिकृत अमर राज शर्मा घिमिरेले बताए । यो बर्ष समयमै पानी परेकाले मकै लगाउने सिजन सुरु भएका कारण कृषकहरुलाई मकैको बिउ वितरण गर्न सुरु गरिएको उनले बताए ।
अहिले सम्म मनकामना–३ र रामपुर कम्पोष्टि जातको मकैको बिउ वितरण गरिएको बरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए । उनका अनुसार जिल्लाका विभिन्न कृषि सेवा केन्द्रबाट मकैको बिउ वितरण भैरहेको छ । यो बर्ष जिल्लामा गाउँपालिका तथा नगरपालिकाहरुबाट पनि कृषकहरुलाई मकैको विउ वितरण भैरहेको घिमेरेले बताए ।
गत बर्ष जिल्लामा २२ हजार किलो मकैको बिउ वितरण गरिएको थियो । जिल्लामा करिब १९ हजार हेक्टर क्षेत्रफलमा मकै खति हुने गरेको छ । यस्तै जिल्लाको अग्लो र भिरालो जमिनहरुमा देउती जातको मकै पनि राम्रो उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।












प्रतिक्रिया