३० आश्विन २०८३, शुक्रबार

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन, २१ वैशाख । अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ ।

यो महिना ३.९ प्रतिशतको दरले बेरोजगारी घटेको मजदूर विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो दर सन् २००० को डिसेम्बर महिनापछिको सबैभन्दा थोरै हो । बेरोजगारी दर घट्नुको मुख्य श्रेय राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसलाई नै जाने बताइएको छ ।

अर्थविद्हरूले मार्चमा र अप्रिलमा योभन्दा बढी अर्थात् एक लाख ९० हजार नयाँ रोजगारी सिर्जना हुने पुर्वानुमान गरेपनि रोजगारीका अवसर अपेक्षित नरहँदा सोचेभन्दा रोजगार दरमा कमी देखिएको हो । –रासस/एएफपी