२ कार्तिक २०८३, सोमबार

युरोपा लिगमा एथ्लेटिको मड्रिड फाइनल प्रवेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २१ वैशाख । युरोपा लिग फुटबलमा आर्सनललाई हराउँदै स्पेनिस क्लब एथ्लेटिको मड्रिड फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई १ – ० गोलले पराजित गरेको हो । २ – १ को जितसहित एथ्लेटिको फाइनलमा पुगेको छ ।

दोस्रो लेगमा एथ्लेटिकोलाई जित दिलाउन डिएगो कोष्टाले निर्णायक गोल गरे । कोष्टाले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

त्यही गोल नै एथ्लेटिकोलाई फाइनलमा पुग्न प्रयाप्त रह्यो । यसअघि आर्सनलको मैदानमा भएको दुई टोलीबीचको पहिलो लेग खेल १ – १ गोलको बराबरीमा सकिएको थियो ।

अब उपाधिका लागि एथ्लेटिकोले फ्रेन्च क्लब मार्सेलीसँग खेल्नेछ । मार्सेलीले अष्ट्रियाको रेडबुल साल्जवर्गलाई समग्रमा ३ – २ गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो ।

बिहीबार राति नै भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा सीमित साल्जवर्गसँग २ – १ ले पराजित भएपनि पहिलो लेगको जितले मार्सेली फाइनलमा पुगेको छ । पहिलो लेगमा मार्सेलीले ३ – ० को जित निकालेको थियो । फाइनल खेल मे १६ मा लियोनमा हुनेछ । – एजेन्सी