३० आश्विन २०८३, शुक्रबार

भारतको बिहारमा बस दुर्घटना, २७ जनाको मृत्यु

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २० वैशाख । भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । चर्चित पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका छन् ।

मुजफ्फरपुरबाट नयाँदिल्लीतर्फ आउदै गरेको बस मोतीहारी जिल्लाको बेल्वा गाँउ नजिकै दुर्घटनामा परेको हो । बिहार राज्यका प्रकोप व्यवस्थापन मन्त्री दिनेश चन्द्र यादवले बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।

भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुनेगरेको छ । सवारी दुर्घटनाकै कारण भारतमा हरेक बर्ष हजारौँ नागरिकको ज्यान जाने गरेको छ भने ठूलो सङ्ख्यामा घाइते हुनेगरेका छन् । राम्रो अवस्थामा नरहेका सडक र सवारी साधन तथा चालकको लापर्बाहीका कारण दुर्घटना धेरै हुनेगरेको जानकारहरू बताउछन् । –रासस/सिन्ह्वा