२२ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारप्रति युवाहरुको आकर्षण कम हुँदै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, २२ बैशाख । वैदैशिक रोजगारीमा जाने लहड चली रहेका बेला सल्यानमा भने राहदानी लिनेहरुको संख्या गत वर्षभन्दा केही कमी आएको छ । यस चालु आर्थिक वर्ष ०७४/०७५ मा जिल्लाबाट तीन हजार बढीले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाबाट वैदेशीक रोजगारीमा जानका लागि ३ हजार १ सय १७ जनाले राहदानी लिएको कार्यालयले जनाएको छ । यसरी दु्रत गतिमा राहदानी लिनेमा महिलाको संख्या २ सय ८१ रहेको छ भने पुरुषको संख्या २ हजार १ सय ३७ गरी जम्मा २ हजार ४ सय १८ जना रहेको कार्यालयका नासु भुपेन्द्र सिंह थापाले जानकारी दिए । यसैगरी जिल्लामा रहेको कार्यालयबाट महिला ६५ जना र पुरुष ६ सय ३४ जना गरी जम्मा ६ सय ९९ जनाले राहदानी लिएको थापाले बताए ।

यस्तै कार्यालयको तथ्याङक अनुसार गत आर्थिक वर्ष ०७३/०७४ को अवधिमा ४ हजार ६ सय ६८ जनाले राहदानी लिएका छन् । जसमा दु्रतगतिबाट ३ हजार ४ सय ९३ पुरुष र २ सय ४१ महिला गरी ३ हजार ७ सय ३४ जनाले राहदानी लिएका हुन् ।

यस्तै कार्यालयबाट ५१ जना महिला र ८ सय ८३ जना पुरुष गरी ९ सय ३४ जनाले राहदानि लिएको तथ्यांकमा उल्लेख छ । यसरी चालु आर्थिक बर्ष ०७४/०७५ को हालसम्मको अवधिलाई हेर्दा राहदानी लिनेहरुको संख्यामा कमि आएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टंडनले बताए ।

गत वर्ष र यस वर्षको राहदानी लिन आउनेको संख्या हेर्ने हो भने जिल्लाबाट वैदेशिक रोजगारमा जाने युवाहरुको आकर्षणमा केही कमी आएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले जानकारी दिए ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएर यहाँका युवा युवतीहरु विभिन्न बहानामा ठगिने, भनेको जति तलब नपाउने र एउटा काम भनी अर्कै काममा लगाईएको जस्ता कारणले पनि युवाहरुमा वैदेशिक रोजगारीको आकर्षणमा कमी आएको उनले बताए ।