२२ कार्तिक २०८३, आइतबार

सुनको गहना लगाएर काठमाडौँको सडकमा हिँड्दै हुनुहुन्छ ? होशियार !

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० बैशाख । काठमाडौँमा सुन लगाएर हिँड्ने महिलाहरुलाई लुटपाट गर्न गिरोह नै सक्रिय भएको खुलासा भएको छ ।

खासगरि, स्कुटर र मोटरसाइकलमा आएर पैदल हिँडिरहेका महिलाहरुको सुन लुटपाट गर्ने गिरोह सक्रिय भएको हो । स्कुटर प्रयोग गरी पैदलयात्रीको सुनको सिक्री लुटपाट गर्ने एक जना पक्राउ परेपछि यसको खुलासा भएको हो । लुटपाटमा संलग्न काठमाडौं मैतीदेवी बस्ने रौतहट यमुनामाई गाउँपालिका–६ का २४ वर्षीय यासिफ शेखलाई १ तोला ३१ लालको सुनको सिक्रीसहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं पुरानो बानेश्वर हाईट सेतो पुल नजिकबाट सोही ठाउँ बस्ने पैदलयात्री उदयपुर कटारी नगरपालिका–३ की २१ वर्षीया यमुका राईले घाँटीमा लगाएको सुनको सिक्री बैशाख १६ गते लुटेका थिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले लुटेराको खोजी गर्ने क्रममा चोरी गरेको सुनको सिक्री तथा चोरी गर्न प्रयोग गरेको बा ६५ प ४७४५ नम्बरको स्कुटर सहित शेखलाई बुधबार मैतीदेवीबाट पक्राउ गरेको हो ।

शेखलाई आवश्यक कानुनी कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।