
काठमाडौँ, २० बैशाख । सिभिल बैंकले ग्राहकहरुको सुविधाको लागि ‘घरमै बसि बसि बैंकिङ खुशी खुशी’ भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरे । सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप यो सेवाको सुरुवात गरिएको सिभिल बैंकले जनाएको छ ।
सिभिल ट्याब बैंकिङ सेवा लिन चाहने ग्राहकहरुले आफ्नो घर, अफिस वा आफूले चाहेकै स्थानमा झन्झटरहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अन्य बैंकिङ सुविधाहरु लिन सक्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ सेवा सुविधाहरु लिन चाहने धेरै भन्दा धेरै ग्राहकहरु यस सेवाबाट लाभान्वित हुने विश्वास दिलाए ।
सिभिल बैंकले हालसम्म रु.३६.९६ अर्ब निक्षेप परिचालन गरिसकेको छ भने रु.३६.२८ अर्ब कर्जा लगानी गरेको छ । हाल बैंकको कुल शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।















प्रतिक्रिया