२२ कार्तिक २०८३, आइतबार

श्रमिकका अधिकार पूरा भएको छैन् नेता नेपाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : शरद शर्मा/रासस

काठमाडौँ, २० वैशाख । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभएको छ ।

विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई बिहीबार यहाँ सम्बोधन गदै उहाँले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक सधैँ थिचोमिचोमा परिरहने उल्लेख गर्नुभयो । नेता नेपालले समाज परिवर्तन गर्न श्रमिकले नै अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद्मा नेपाली महिलाको प्रतिनिधित्व भए पनि अझै ग्रामीण भेगका महिलाको पहुँच पुग्न नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महासंंघका केन्द्रीय अध्यक्ष मज्वाइण्डाइल माइकलले संसारका श्रमिकमाथि साम्राज्यवाद र पुँजीवादबाट हस्तक्षेप भइरहेकोले त्यसको विरुद्ध लड्न आवश्यक रहेको बताउनुभयो । उहाँले सेमिनारले नेपालका श्रमिकको हक अधिकार स्थापित गराउन सहयोग मिल्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले नेपालका श्रमिकले वास्तविक श्रम पाउन नसकेकोे बताउनुभयो ।

उक्त बैठकले प्रेमल खनालको संयोजकत्वमा १७ सदस्यीय महासंघको नेपाल समन्वय समिति गठन गरेको छ । विश्व ट्रेड युनियनय महासंघमा नेपालका पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल प्रगतिशीत ट्रेड युनियन महासंघ, नेपाल समावेशी ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडरेशन, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ आवद्ध रहेका छन् । –रासस