२२ कार्तिक २०८३, आइतबार

पेट्रोलियम मूल्यवृद्धि ७२ घण्टाभित्र फिर्ता गर्न माग

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले हालै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि ७२ घण्टाभित्र फिर्ता गर्न सरकारसँग माग गरेको छ । तोकिएको समयभित्रमा मूल्यवृद्धि फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रन वाध्य भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले उद्योगमन्त्री मातृक यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने, मूल्य समायोजन वैज्ञानिक तवरबाट तथा जनतालाई असर नपर्नेगरि हुनुपर्ने र इन्धन आपूर्तिमा एकद्वार प्रणालीको अन्त्य गरि तेस्रो मुलुकबाट पनि आयात गर्न पहल गर्नुपर्ने तथा कालोबजारीलाई कडाइका साथ अन्त्य गरिनुपर्ने माग समेटिएको अध्यक्ष महेश बहादुर सिंहले जानकारी दिए ।

नयाँ सरकार गठन भएसँगै पटक पटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट आम सर्वसाधारण नेपाली जनता आक्रान्त बनेको संगठनको ठहर छ ।

‘जनताको जीवनसँग जोडिएको तथा आम सर्वसाधारण, व्यवसायी, उद्योगी, विद्यार्थी लगायत सम्पूर्ण नागरिकहरुको जनजिविकामा प्रत्यक्ष असर पर्ने हुँदा निम्न ३ बुँदामा माथि उल्लेखित समस्याको समाधान गर्न तथा ७२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता लिन राप्रविसं जोडदार माग गर्दछ’, ज्ञापनपत्रमा भनिएको छ ।