
धनगढी, २० बैशाख । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रेसमैत्री कानुन निर्माण गर्न आफनो मुख्य भूमिका रहने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कैलालीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आज कैलालीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश ७ मा प्रेस मैत्री कानुन भएमात्र पत्रकारको पेशागत सुरक्षा, भौतिक सुरक्षा लगायतका विषयमा सुनिश्चितता हुने बताए । मुख्यमन्त्री भट्टले कानुन निर्माणमा पत्रकारको रचनात्मक सहयोग हुन जरुरी भएको समेत बताए ।
प्रदेश ७ मा तीव्र गतिको आर्थिक विकास गर्दै जनताको जीवनस्तर उकास्न प्रदेश सरकार कटिवद्ध भएर लागिरहेको बताउँदै उनले समृद्धिलाई अगाडि बढाउन र संघीय संरचनालाई कार्यान्वयन गर्न प्रेस जगतको सकारात्मक भूमिका हुनपर्ने बताए ।
उनले नेपालको संघीयता अन्य देशको जस्तो नभएको उल्लेख गर्दै हाम्रो संघीयता समन्यात्मक संघीयता हो, यो संघीयतामा स्थानीयदेखि केन्द्रसम्मको भूमिका समन्वयात्मक हुन्छ । यस्तो संघीयतालाई दिगो रुपमा स्थापित गर्न तीन तहकै सरकार र पत्रकारको भुमिका अपरिहार्य रहन्छ । यसलाई सफल पार्नका लागि सबैले समन्यात्मक भूमिका निर्वाह गर्न जरुरी देखिएको बताए ।
पत्रकारले शक्तीमाथि निगरानी गर्नुपर्ने भएकाले यो जगतले निष्पक्षता भएर निगरानी गर्न समेत उनले अनुरोध गरे ।












प्रतिक्रिया