५ कार्तिक २०८३, बिहिबार

बाग्लुङमा एनसीसी बैंकको नयाँ शाखा स्थापना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० बैशाख । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले बाग्लुङ नगरपालिकाको वडा नम्बर ३, हल्लनचोकमा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको औपचारिक उद्घाटन गर्दै बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले एनसीसी बैंक बाग्लुङमा स्थापना भएकोमा खुशी व्यक्त गरे ।

प्रमुख पौडलले सो क्षेत्रका बासिन्दा तथा व्यवसायीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उक्त अवसरमा उनले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत सहभागि हुनु पर्नेमा जोड दिए ।

उक्त कार्यक्रमको अध्यक्षता गर्दै बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एनसीसी बैंक स्थानीय निकायहरुसँग समन्वय गरी अगाडि बढ्ने बताए । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले सो क्षेत्रमा स्थापना भएको शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका व्यक्त गरे ।