१ कार्तिक २०८३, आइतबार

सामसङको जे ७ डयु मोबाइल बजारमा, के के छन् विशेषता ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ बैशाख । सामसुङले हालै आफ्नो स्मार्टफोनको शृंखलामा ‘ग्यालेक्सी जे सेभेन डुओ’ ल्याएको छ । ग्यालेक्सी ग्यालेक्सी जे–सिरिज नेपालको सबैभन्दा निकै लोकप्रिय स्मार्टफोन हो ।

ग्यालेक्सी जे सेभेन डुओमा भएको डुयल क्यामराले जे–सिरिजलाई अझ बढी उत्कष्ट बनाएको कम्पनीको दाबी छ । यसमा भएको रियर क्यामरा १३ मेगापिक्सल देखि ५ मेगापिक्सलसम्ममा सेटप गर्न सकिने सुविधा रहेको बताइएको छ । यसको फ्रन्ट क्यामरा ८ मेगापिक्सल रहेको छ । दुबै क्यामरा f/1.9 युक्तअपरचर तथा एलइडि फ्यास रहेको छ । कम उज्योलोमा पनि फोटोग्राफिको लागि ग्यालेक्सी जे सेभेन डुओ उच्चस्तरीय स्मार्टफोन रहेको सामसुङले बताएको छ ।

ग्यालेक्सी जे सेभेन डुओको नेपाली बजारमा २८ हजार ९९० रुपैयाँमा पाइन्छ । यो फोन कालो तथा सुनौलो रङमा उपलब्ध छ । गत अप्रिल ३० देखि नेपालका सम्पूर्ण रिटेल्सहरुमा यो फोन सहजै उपलब्ध हुँदै आएको बताइएको छ ।

सामसङ नेपालका प्रमुख श्रीप्रणय रत्न स्थापितले भने, “ ग्यालेक्सी जे सेभेन डुओ मोबाइल जे–सिरिज अन्तर्गत नयाँ आविष्कार हो । यो नेपाली ग्राहकहरुको मनमनमा बस्ने छ । यसमा भएको डुयल क्यामराले जुनसुकै बेला उच्च स्तरीय फोटो तथा भिडियो खिच्न सकिन्छ । यो स्मार्ट फोनमा सहज रुपमा आबद्ध हुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको छ र यसले आगामी दिनहरुमा आफ्नो पकड सहजै जमाउने छ ।”