२ कार्तिक २०८३, सोमबार

मनपर्दी शुल्क लिएको भन्दै प्याब्सन र एनप्याब्सनमा विद्यार्थी संगठनले लगाए ताला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ बैशाख । निजी विद्यालयले मनपर्दी शुल्क लिएको भन्दै विद्यार्थी संगठनले बुधबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा ताला लगाइ दिएका छन् ।

विद्यार्थी संगठनहरुले डिल्लीबजारमा रहेको प्याब्सनको कार्यालय, कुपण्डोलमा रहेको एनप्याब्सनको कार्यालय र देशैभरका प्याब्सन, एनप्याब्सनको कार्यालयमा शुल्क वृद्धि फिर्ता लिन माग गर्दै ताला लगाएका हुन् ।

संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ विपरीत निजी विद्यालयले मनपरी शुल्क असुलेको अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संघसंगठनले आरोप लगाएका छन् । शुल्क बृद्धि फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन् ।