२२ कार्तिक २०८३, आइतबार

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ बैशाख । मानव बेचबिखन तथा ओसारपसारको काममा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोले एकजनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङ थुकिम्बा–९, घर भई हाल काठमाडौँ–९ बस्ने ३५ वर्षका पेम्बा शेर्पालाई बुधबार काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरेको हो ।
शेर्पाले ४० वर्षकी एक महिलालाई वैदेशिक रोजगारीमा राम्रो काम लगाइदिन्छु भन्दै भारत हुँदै ओमन पु¥याएर रामचन्द्र सुवेदीको सहयोगमा एक हजार ६ सय ओमनी रियलमा विक्रि गरेका थिए ।

ओमनमा बिक्रि भएपश्चात शारीरिक एवं मानसिक यातना र दुर्व्यवहार भएको भनी गएको फागुन १२ गते ती महिलाको उद्दार भएको थियो । नेपाल आएपछि उनले शेर्पा र सुवेदीविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चैत १२ गते मुद्धा दर्ता गरेकी थिइन् ।

पक्राउ परेका शेर्पालाई बुधबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।