२२ कार्तिक २०८३, आइतबार

अनलाइन व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउँछौंः मन्त्री तामाङ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ बैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले केही दिनभित्रै अनलाइन मिडियाहरुलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरकारले छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका छन् ।

न्यूज लाईन्स् मिडिया प्रालिको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तामाङले भने, ‘च्याउजस्तै उम्रेका अनलाइन मिडियालाई व्यवस्थित, मर्यादित र नीतिगत सुधारका लागि सरकारले निर्देशिका ल्याउँदैछ । त्यसबेला सरकारलाई कडा रुपमा प्रस्तुत भयो नभन्नुहोला, अतिरञ्जित समाचारहरुले समाजमा नकारात्मक प्रभाव पारेका छन्, ती कुराहरुलाई पत्रकार महासंघ, प्रेस काउन्सिसले पनि हेर्नुपर्छ ।’

मन्त्री तामाङले पछिल्लो समय नेपाली अनलान मिडियाहरुले पत्रकारिता भन्दा बढि अनुमानकारिता गरिरहेको आरोप लगाए ।

उनले अघि थपे, ‘मन्त्रिमण्डल गठन हुने समयमा अनलाइन खोलेर समाचार हेर्‍यो, अनलाइनहरुले एक छिनमा एउटालाई मन्त्री बनाईरहेका हुन्छन्, तर केही समयपछि अर्कै मन्त्री बनिरहेको हुन्छ, तर बन्ने बेलामा चाहीँ अर्कै व्यक्ति मन्त्री बन्छ, हो यही हो अनुमानकारिता, अनलाइनहरुलाई व्यवस्थित बनाउन र, सत्य र तथ्यमा आधारित न्यूज प्रकाशनको लागि हामी छिट्टै नयाँ निर्देशिका ल्याउँछौं ।’

यद्धपी उनले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनैपनि अवरोध नगर्ने विश्वास दिलाए ।