
काठमाडौं, १९ वैशाख । सेन्ट मेरिज उच्च माविमा अध्ययनरत छात्रा ज्वाला ढकालले यही वैशाख २२ देखि २८ गतेसम्म एक सातासम्म एकल चित्रकला प्रर्दशनी गर्ने भएकी छिन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस बारेमा जानकारी गराएकी हुन् । काठमाडौंको बबरमहलस्थित् नेपाल आर्ट काउन्सिलमा हुने प्रदर्शनीको उद्धघाटन् भने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले गर्नेछन् ।
प्रदर्शनीमा राखिने चित्रहरु समाज र प्रकृतिबारे केन्द्रित छन् । ढकालका अनुसार प्रर्दशनीमा १ सय १० चित्रहरु राखिनेछन् । प्रर्दशनीबाट संकलित रकमबाट ‘प्रयास नेपाल’ नामक अनाथालयमा रहेका बालबालिकाहरुको लागि ‘कम्प्युटर ल्याब’ स्थापना गरिने ढकालले विश्वास दिलाईन् । उनका अनुसार उत्त आश्रममा हाल ३२ जना बालबालिकाहरुले आश्रय लिइरेहका छन् ।
आफूसँग भएको समय र प्रतिभाको प्रयोग गरेर अनाथ बालबालिकाहरुको जीवनमा सहजता ल्याउनको लागि आफू लागि परिरहेको बताउँदै ढकालले भनिन्, ‘मैले गरेको सानो सहयोगेले पनि ती बालबालिकाहरुको जीवनमा ठूलो परिवर्तन आउन सक्छ भन्ने कुरामा म विश्वस्त छु ।’












प्रतिक्रिया